News flash

विराटपथ

शुक्रबार, कार्तिक २१, २०७७

विराटनगर । कोरोना भाइरस संक्रमणका कारण विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । मृतक दुबै जना महिला रहेका छन् ।
धनकुटाकी ३२ वर्षीया महिलाको कोशी कोभिड उपचार केन्द्रमा र विराटनगरकी ५१ वर्षीया महिलाको न्युरो कोभिड अस्पतालमा शुक्रबार विहान मृत्यु भएको हो ।
कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा धनकुटा–४ की महिलाको विहान ८ः१५ बजेतिर मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बिहिबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो ।
त्यसैगरि विराटनगर–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो कोभिड अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार शुक्रबार विहान ८ बजेतिर महिलाको मृत्यु भएको हो ।
पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि गत बुधबार महिलालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतकमा श्वासप्रश्वास सम्बन्धी समस्या रहेको आचार्यले बताए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल