News flash

विराटपथ

शुक्रबार, कार्तिक २१, २०७७

सुनसरी । ‘लागुऔषध कारोबार र कारोबारी विरुद्धको अभियान प्रहरीले पहिलो प्राथमिकतामा राखेको छ । लागुऔषधले धेरैको परिवार बिगारेको छ । धेरैको घरमा पीडा दिएको छ ।’ केही महिना पहिले सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले पत्रकारसँग कुरा गर्दै भनेका थिए, ‘सुनसरी जिल्ला पनि लागुऔषधको कारोबार हुने जिल्ला मध्ये एक हो । यो बिरुद्ध प्रहरीले स्वीप अप्रेसन सञ्चालन गर्नेछ ।’
जिल्लाको कमाण्ड सम्हालेदेखि नै लागुऔषधको कारोबार र कारोबारी विरुद्ध कठोर रुपमा प्रस्तुत भएका एसपी थापाको नेतृत्वले पछिल्लो समय आफ्नो अभियानमा उच्च सफलता मात्र हासिल गरेको छैन । त्यस्ता कारोबारीलाई कारागारको बाटो समेत देखाई दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरु गरेको लागुऔषध विरुद्धको स्वीप अप्रेसन सफल हुदै गएको प्रहरीको दावी छ ।
‘यो प्रहरीको नियमित काम नै हो । तर यो बिषयलाई हामीले प्राथमिकतामा राखेर काम गरेका हौ ।’ एसपी थापाको भनाई छ, ‘स – साना गिरोहदेखि लिएर ठूला गिरोहको सञ्जाल भत्काउने, कारोबार रोक्ने र समाजलाई सुसस्कृत बनाउन हामीले केही कोसिस गरेका छौ ।’

स्विप अप्रेसनको क्रममा छोटो समयमै भारी परिणाममा लागुऔषधका कारोवारी र लागुऔषध बरामद भएको छ । बरामद लागुऔषधको परिणाम र कारोबारीको संख्या अनुसार र तथ्यांकको हिसाबले यो अहिलेसम्म कै उच्च हो । लागुऔषध विरुद्ध शुन्य सहनशिलता भन्दै शुरु गरिएको स्विप अप्रेसनका क्रममा साना र ठूला गरि ८४ जना कारोवारीहरु पक्राउ परिसकेका छन । पक्राउ परेकाहरु मध्ये ४१ जना कारोवारी पुर्पक्षको आदेशमा थुनामा छन भने १८ जना धरौटीमा छुटेका छन ।
अन्य २५ जना लागुऔषधसहित पक्राउ परेकाहरुको विषयमा भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेकाहरुको सूचनाका आधारमा मात्र स्वीप अप्रेसनका क्रममा २८ जना मुख्य कारोबारी पक्राउ परेको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका सबै कारोबारी नहुन पनि सक्छन् । भरियाका रुपमा काम गर्नेका सूचनाका आधारमा हामीले मुख्य कारोबारी सम्म पुग्ने काम गरेका छौ ।’ एसपी थापाले विराटपथसँग भने ।
लागुऔषधको कारोवार गर्ने गिरोहलाई लक्षित गरी सुनसरी प्रहरीले बैशाख महिनाको अन्तिम साताबाट स्वीप अप्रेसन थालेको थियो । सीमावर्ती क्षेत्रबाट हुने सो प्रकारको कारोबारमा मुख्यत युवाहरु नै सक्रिय रहेका छन् । सीमावर्ती क्षेत्रबाट नेपाल भित्रने लागुऔषध सुनसरीको इटहरी, धरान लगायतका क्षेत्रमा पुग्ने गरेको छ । यस्तो कारोबारमा नेपालका सीमावर्ती क्षेत्र कै बासिन्दाको संलग्नता रहेको छ । छोटो समयमा धेरै मुनाफा हुने लगायतका कारण युवाहरु यस्तो कुलतमा फँस्दै आएका छन् ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल