News flash

विराटपथ

बुधबार, आश्विन १४, २०७७

सुनसरी । सुनसरीको भाण्टाबारी नाकाबाट भारत तर्फ लैजादै गरिएका दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । उनीहरुलाई भारतको कुनै मन्दिरमा हुने पुजामा ध्यान गर्नुपर्ने बताए पनि अन्य बिषय भने खुलेको छैन । उनीहरुलाई पुजाको नाममा बली दिने लगिएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तरी घर भएका ती किशोरीहरुलाई भारततर्फ लैजादै गरिएको अवस्थामा भारतको सीमा सुरक्षा बल र शसस्त्र प्रहरीको सहयोगमा उद्धार गरिएको हो । बुधबार दिउँसो करिब ११ बजे कोशी गाँउपालिका ८ पूर्वी टोला नाकाबाट उनीहरुको उद्धार गरिएको हो । शंका लागि सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका चारजना पुरुषलाई अनुसन्धानकालागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उद्दार गरिएकामा १९ वर्षीया किशोरी सँगै अन्दाजी २२ वर्षकी अर्की किशोरी समेत छिन् । प्रहरीले किशोरीलाई भारत लैजाने सप्तरी कृष्ण सवरन गाँउपालिका ४ बस्ने २९ बर्षिय महम्मद साहिल मन्सुरीसहित चारजना पुरुषलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुले भारतको सुपौल जिल्ला भीमनगरमा रहेको मन्दिरमा पुजारीसँग पुजामा बस्नुपर्ने बताएका थिए । सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको विराटपथलाई जनाए । दुवै किशोरीलाई पुजामा बसे बापत जनही एकदेखि दुई लाख रुपैया दिने प्रलोभन दिइएको थियो ।
उनीहरुले प्रहरीलाई जानकारी गराए अनुसार भारत तर्फ लैजानु पूर्व उचाई समेत नापिएको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि योग्य भनि ठहर गरिएको थियो । पुजाका कार्य सकिएपछि उनीहरुलाई घर फकाई दिने समेत बताइएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा छन् ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल