News flash

विराटपथ

आइतबार, आश्विन ११, २०७७

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा १२ बर्षिया बालिकाको बलात्कारको प्रतिकार गर्दा हत्या गरिएको छ । बराहक्षेत्र –१ कटहरेमा आफ्नै घरमा मृत अबस्थामा फेला परेकी मीना राईको बलात्कार प्रयासपछि हत्या भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति बालिकाको शव घरमा नै विभत्स अवस्थामा भेटिएको थियो । बाबु आमा छिमेकको घरमा राखिएको धामी हर्ने गएका बेला बालिकामाथि घरमै बलात्कार प्रयास भएको र त्यसको प्रतिकार गर्दा उनको हत्या भएको प्रहरी भनाई छ । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा छिमेकी युवक रञ्जित राईलाई पक्राउ गरेको छ । बिभत्स अबस्थामा शव भेटिएपछि हत्याको आशंका गर्दै अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारको प्रयास गर्दा त्यसको प्रतिकार गर्दा हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाका अनुसार हत्यामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि आठ जनालाई पक्राउ गरेको थियो । रञ्जितको मात्र संलग्नता खुलेपछि अन्य सातजना छुटेको छन् । सोही स्थानका रञ्जित राईले हत्या आरोप स्वीकार गरेका छन् । बुबा आमासँगै धामी हेर्न गएकी मीना निद्रा लागेपछि उनी एक्लै घर फर्किएकी थिइन् । घरको बरण्डाको कोठामा सुतेकी उनीमाथि राति करिब ११ बजे रञ्जितले बलात्कारको प्रयास गरेका थिए ।
घरमा रातको समय बालिकालाई एक्लै देखेपछि रञ्जित झ्यालबाट उनी सुतेको कोठामा प्रवेश गरेका थिए । मृतकको घरमा पसल समेत रहेको छ । एक्लै भएको थाहा पाएका अभियुक्तले करणी प्रयास गरका थिए । त्यसको प्रतिवाद गर्ने क्रममा मीनाले रञ्जितको हातमा टेकेकी थिइन् । हात टोकेपछि आवेगमा आएका राईले कोठामै रहेको फलामले टाउकोमा प्रहार गरेका थिए । टाउकोमा प्रहार भएपछि बालिका लडेकी थिइन् । । बालिका लडेपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको दावी छ ।
प्रहरीका अनुसार मीनाको टाउको र घाँटीमा चोट छ । घटनास्थलमा संघीय प्रहरी इकाई कार्यालय धरानबाट ट्रयाकर डग लगिएको थियो । अनुसन्धानका क्रममा कुकुर पनि घटनास्थलबाट रञ्जितको घरसम्म पुगको थियो । कुकुर उनको घर पुगेका कारण पनि प्रहरीलाई अनुसन्धानमा सहज भएको थियो । मीना र रञ्जितको घर करिब ७० मिटरको दुरीमा छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल