News flash

विराटपथ

शनिबार, आश्विन १०, २०७७

झापा । झापाको अर्जुनधारा – ५ स्थित बैसाबारीमा गोरु काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । शनिबार विहान उनीहरुले गोरु काटेर खाएको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय बीरबहादुर दनुवार र अर्का २७ बर्षिय टिकाराम दनुवार रहेका छन । उनीहरुले गोरु काटेर खाई गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
स्थानीयले दिएको सूचनाका आधारमा प्रहरी चौकी शनिश्चरेले उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरीले गाडेको गोरुको टाउको र खुट्टा समेत फेला पारेको छ । पक्राउ परेका माथि कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल