विराटनगर । झारफुक गरि सन्तान प्राप्त हुने भन्दै जबरजस्ती करणी गर्न खोज्नेलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भदौ – २५ गते विहान एक विवाहित महिलालाई जबरजस्ती करणी गर्न खोजेको भन्दै बौना राम भन्ने चन्देश्वर राम चमारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका – १८ बस्ने चन्देश्वरलाई असोज १ गते पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । सोही वडा बस्ने एक महिला विवाह भएको ५ – ६ बर्ष भएपनि सन्तान नभएपछि उन कै श्रीमानले गाँउघरमा झारफुक गर्ने चन्देश्वरलाई झारफुक गर्न लगाएका थिए । बालबच्चाको जन्म हुन्छ भन्ने आशमा भदौ २४ गते रातभर महिला कै घरमा चन्देश्वर धामी बसेका थिए ।
प्रहरीमका अनुसार २४ गते बेलुका धामी बसेका आरोपी चन्देश्वरले पीडित कै घरको कोठामा २५ गते विहान ४ बजे जबरजस्ती करणीको प्रयास गरेका थिए । उनले महिला एक्लै भएको मौका छोपेर महिलाले लगाएलको साडी खोली करणी गर्न खोज्दा उनका श्रीमानले देखेका थिए ।
पीडित पक्षको जाहेरीका आधारमा चन्देश्वर राम चमारलाई असोज १ गते पक्राउ गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।