News flash

विराटपथ

बुधबार, भाद्र २४, २०७७

विराटनगर । समूदायमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा सामाजिक संस्थाको सक्रियता पनि बढ्दै गएको छ ।
विराटनगरमा पछिल्लो समय संक्रमितको घर तथा आसपासका क्षेत्र मात्र होइन मानिसहरुको बढी भीडभाड हुने स्थानमा समेत सामाजिक संघ संस्थाले निशुल्क सेनिटाइजिङ गर्न थालेका छन् । अहिले महानगरपालिकाका बिभिन्न वडा कार्यालयहरुले समेत आफ्नो वार्डमा निशुल्क सेनिटाइजिङ गर्दै आएका छन् ।
विराटनगरको सामाजिक संस्था सम्बृद्ध नेपालले विराटनगरको ट्राफ्रिक चौक, वडा नम्बर ९ को कार्यालय, ट्राफ्रिक कार्यालय, मस्जिद लगायतको स्थानमा मंगलबार निशुल्क सेनिटाइजिङ गरेको छ । संस्थाका सदस्य जोर्डन प्रधानका अनुसार सो संस्थाले यस अघि पनि निशुल्क माक्स, सेनिटाइजर वितरण समेत गरेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल