News flash
रोटरी क्लबले विराटनगर महानगरपालिकालाई पिसिआर मेशिन दिने

विराटनगरमा अक्सिजन बैङ्क समेत स्थापना गरिने

विराटपथ

सोमबार, भाद्र ०८, २०७७

विराटनगर । कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सक्रिय सामाजिक संस्था रोटरी क्लबले विराटनगर महानगरपालिकालाई पिसिआर मेशिन उपलब्ध गराउने भएको छ । पिसिआर मेशिन र अन्य स्वास्थ्य सम्बन्धी उपकरणको प्रयोग मूलत विराटनगरबासीका लागि भएको रोटरी क्लबले जनाएको छ । पिसिआर मेशिन धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जडान गरिनेछ ।
पिसिआर मेशिन, आरएनए एक्स्ट्याक्टर र अक्सिजन सिलिन्डर बैङ्क स्थापननका लागि रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ डाउन टाउन र रोटरी क्लब अफ विराटनगर फ्युजनले पहल गरेका हुन । ती सामाग्री रोटरी फाउण्डेसनको कोभिड ग्लोबल ग्य्राण्ट मार्फत अनुदानमा उपलब्ध गराउन लागेको हो । आइतबार पिसिआर मेशिन लगायत अन्य उपकरण उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा रोटरी क्लब अफ विराटनगरका अध्यक्ष बिजुकुमार थपलिया, डाउन टाउनका अध्यक्ष दिप्तिदेवी अग्रवाल र विराटनगर फ्युजनका अध्यक्ष सृजा विहानी कावरा तथा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार उपलब्ध सामाग्री मूलत विराटनगरबासीका साथै नेपाल सरकारको आबश्यकता अनुसार प्रयोग गर्न सकिने छ । पिसिआर मेशिनको ब्यवस्थापन र सञ्चालनको जिम्मेवारी वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गर्नेछ । जहाँ विराटनगर महानगरपालिकाले सिफारिश गरेका २५० वटा परिक्षण हरेक दिन निशुल्क गरिनेछ । त्यसैगरि आरएनए एक्स्ट्याक्टर मेशिनलाई ३ हजार टेष्ट गर्न चाहिने रिऐजन्ट समेत ग्लोबल ग्रान्टले उपलब्ध गराउने सम्झौता गरिएको छ । सो मेशिन स्वाब संकलनका लागि प्रयोग हुने गरेको छ ।
यस्तै घरमा नै आइसोलेसन वा अन्य कुनै केन्द्रमा आइसोलेसनमा बसेका कोरोना भाइरस संक्रमितका लागि विराटनगर महानगरपालिकामा अक्सिजन बैङ्क समेत स्थापना गरिने भएको छ । सोका लागि रोटरी क्लबले ३० वटा अक्सिजन सिलिण्डर महानगरपालिकालाई उपलब्ध गराउने छ । त्यस्को ब्यवस्थापन, रेखदेख र सञ्चालन महानगरपालिकाले गर्ने सम्झौता भएको छ । त्यस्तै प्रदेश सरकारले स्थापना गरेको कोशी काभिड अस्पताल विराटनगरका लागि समेत एक – एक थान भ्यान्टलेर र इन्सिनेरेटर समेत उपलब्ध गराउने सम्झौता भएको छ ।
रोटरीले उपलब्ध गराउने ती सामाग्रीहरुको मूल्य करिब एक करोड रुपैया बराबरको रहेको छ ।
‘पछिल्लो समय विराटनगरमा समूदायस्तरमा नै कोरोनाको संक्रमण फैलियो । यो देखेर सामाजिक उत्तरदायित्व बोध गर्दै केही काम गर्ने सोचले सम्झौता गरिएको हो ।’ रोटरी क्लब अफ विराटनगरका सर्भिस डाइरेक्टर मनोजबिक्रम शाहले विराटपथसँग भने, ‘उपलब्ध हुने सामाग्रीको उचित प्रयोग हुने हाम्रो अपेक्षा छ । साथै यी सामाग्रीहरुले विराटनगरबासीलाई केही राहत पनि देला ।’ शाहका अनुसार सम्झौता भएको करिब २५ दिन भित्र उक्त सामाग्रीहरु सम्बन्धित निकायले पाउँनेछन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल