News flash

विराटपथ

शुक्रबार, भाद्र ०५, २०७७

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका चार पालिकाका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७, बुढीगंगा गाँउपालिकाको वडा नम्बर १, २, ३ र ४ तथा कटहरी गाँउपालिकाको वडा नम्बर १, २, ३, ४ र ५ मा निषेधाज्ञा जारी गरेको हो ।
भदौ ५ गते राती १२ बजेदेखि १० गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । कोरोना भाइरसको महामारी समूदायस्तरमा फैलिएपछि त्यसको नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि जिल्ला भरिका जुनसुकै स्थानमा बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, खाद्यबस्तु, इन्धन, ग्याँस, तरकारी, दुध जस्ता आबश्यक बस्तुको ब्यवसाय विहान ९ बजेपछि सञ्चालन गर्न नपाउने, गुद्री, ई रिक्सा, होटल, सैलन समेत सञ्चालन गर्न नपाउने ब्यवस्था गरिएको छ ।
त्यसैगरि बिद्युत, सञ्चार, खानेपानी, फोहर मैला ब्यवस्थापनका सवारी साधान, औषधी, एम्बुलेन्स सेवा, बिरामी बोकेका गाडी र सरकारी नम्बर प्लेटका गाडीहरु भने सञ्चालन गर्न पाइने ब्यवस्था गरिएको छ । निषेधाज्ञामा धार्मिक महत्वका कार्य, मेला चाडपर्व, हाट बजार, महोत्सव तथा अन्य सामूहिक भेलालाई समेत बन्देज गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल