News flash

विराटपथ

बिहिबार, भाद्र ०४, २०७७

विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड – १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ । सो उपचार केन्द्रमा केही दिन अघि कोरोना भाइरस संक्रमित विराटनगरका ५७ बर्षिय सीताराम दाहालको अक्सिजन र भन्टिलेटरको अभावमा मृत्यु भएको थियो । दाहालको मृत्यु पश्चात प्रदेश सरकारको चौतर्फी आलोचना भएको थियो ।
घिमिरेको मृत्यु पश्चात न्यूनतम उपचार नपाएको भन्दै मृतकको छोरी निलिमा दाहालले उच्च अदालत विराटनगरमा रिट समेत हालेकी थिइन् । अदालतले विहिबार मात्र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई सरकारको नीति, निर्देशिका तथा मापदण्डसहित छलफलका लागि उपस्थित हुन भदौ ८ गते बोलाएको थियो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरले पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्ने गरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको जनाए । घिमिरेले कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको समेत जानकारी दिए ।
प्रदेश सरकारले कोशी कोभिड उपचार केन्द्रमा १० वटा आईसीयु वेड, दुईवटा फिक्ड र तीनवटा पोर्टेवल सहित पाँचवटा भेन्टिलेटरको ब्यवस्था गरेको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले अस्पतालको आईसियुमा हाल ३ जनाको उपचार भईरहको समेत जानकारी दिए । उनका अनुसार आईसियु र भेन्टिलेटर सञ्चालनका लागि आवस्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको उल्लेख गरे । थप जनशक्तिका लागि भने मन्त्रालयले १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आईतबारबाट सञ्चालन गर्ने तयारी गरेको छ ।
गत चैत २१ गते देखि सञ्चालनमा ल्याईएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना शुरु गरिएको थियो । उपचार केन्द्रमा हाल सम्म तीनसय १५ जना भर्ना भएका छन् । उपचार केन्द्रको सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रुपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल