News flash

विराटपथ

बिहिबार, साउन २९, २०७७

विराटनगर । कोरोना भाइरस बिरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने नेपाल प्रहरीलाई मनोबल बढाउने कार्यमा रोटरी क्लब लागेको छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएपछि त्यसको नियन्त्रणका लागि प्रहरीको सक्रियता महत्वपूर्ण रहेको भन्दै रोटरी क्लब अफ विराटनगरले सो अभियान शुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक कार्यक्रममा प्रहरीलाई अग्रपंक्तिमा रहेर काम गर्न सहज होस भनेर तीनसय थान फेस सिल्ड माक्स र तीनसय ७५ थान एन ९५  माक्स हस्तान्तरण गरिएको थियो । क्लबका अध्यक्ष बिजु थपलिया लगायतका पदाधिकारीले मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्कालाई सो सामाग्री हस्तान्तरण गरेका थिए । सर्भिस डाइरेक्टर मनोजविक्रम शाहका अनुसार क्लबले समय समयमा यसप्रकारको कार्य गर्दै आएको छ । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणमा जनचेतनामूलक कार्यदेखि बिभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण समेत गरिएको शाहले विराटपथलाई बताए ।
कार्यक्रममा आगन्तुक अध्यक्ष सुरेन्द्र गोल्छा, सदस्य नवदिप अग्रवाल, मोरङमा डिएसपी मानबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल