आज विराटनगरमा ३३ संक्रमित थपिए

Logo
शनिबार, साउन २४, २०७७

विराटनगर । शनिबार मात्र विराटनगर महानगरपालिकामा कोरोना भाइरसका ३३ का नयाँ संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरका २६ पुरुष र ७ महिलामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै शनिबार प्रदेश १ मा ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमित मध्ये मोरङमा जिल्ला सबैभन्दा धेरै संक्रमित थपिएका छन् । मोरङमा ४८ जना संक्रमित थपिएका छन् । त्यस्तै सुनसरीमा १० जना र ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेका छन् ।
मोरङको बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला र २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुषमा कोरोना संक्रमण देखिएको छ । महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या एकहजा ३ सय ८३ पुगेको छ । प्रदेश १ मा आज एक हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]