News flash

विराटपथ

शुक्रबार, साउन २३, २०७७

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर र मोरङको अर्को नगरपालिका रंगेली कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । स्थानीय तहले परिक्षणको दायरा बढाएसँगै दिनदिनै संक्रमितको संख्या थपिदै गएका छन् । शुक्रबार मात्र विराटनगरमा ३२ जना र रंगेलीमा २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शुक्रबार मात्र ६७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सबैभन्दा धेरै मोरङ जिल्लामा ६४ जना संक्रमित भएको पुष्टि भएको छ । त्यस्तै झापा र र सुनसरीमा क्रमश दुई र एक जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये विराटनगर महानगरपालिकामा २४ पुरुष र ८ महिला रहेका छन् । त्यस्तै रंगेलीमा २३ पुरुष र ६ महिलामा संक्रमण देखिएको छ ।
मोरङको बुढीगंगामा गाँउपालिकामा दुई पुरुष, कटहरी गाँउपालिकामा एक महिला, झापाको मेचीनगर र विर्तामोडमा एक–एक पुरुष, सुनसरीको धरानमा एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार तीन सय २२ पुगेको छ ।
विराटनगरमा भने वडा नम्बर २ का पाँचजनामा संक्रमण देखिएको छ । त्यस्तै रंगेली नगरपालिकाको वडा नम्बर ७ मा २३ जना संक्रमित पुष्टि भएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल