विराटनगर । लकडाउन भएपनि बुधबार विराटनगरका बैङ्कहरु सञ्चालनमा नै थिए । सधै झै दिउँसो फाट्टफटुट सेवाग्राही बैङ्कहरु पुगेका थिए । विराटनगरको शनिमन्दिर रोडमा रहेको सनराइज बैङ्क पनि खुल्ला नै थियो ।
दिउँसो १ बजे बजारमा एकाएक एउटा हल्ला फैलियो । हल्ला थियो, सनराइज बैङ्कमा काम गर्ने एक युवतीले आत्महत्या गरिन् । बास्तमा सो बिषय हल्ला नभएर बास्तविकता थियो । आत्महत्याको प्रयास गर्ने सोही बैङ्कमा कार्यरत ३० बर्षिया सनाज खतिवडाले आफ्नै कार्यकक्षमा बिष सेवन गरेकी थिइन् । खतिवडाले साढे १२ बजे बैङ्क मै मुसा मार्ने औषधी सेवन गरेकी थिइन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ८ सहयोगी टोल बस्ने अविवाहित खतिवडाले बिष सेवन गरे पश्चात उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । अस्पताल लगेको केही समयमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनले बिषको प्रयोग मात्र होइन्, आफ्नो बाँया समेत ब्लेडले काटेकी थिइन् । प्रहरीले बैङ्कबाट उनले हात काट्न प्रयोग गरेको ब्लेड, बिषादीको खोल र सुसाइट नोट बरामद गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता एंव डिएसपी मानबहादुर राईले सुसाइटमा नोटमा खतिवडाले आफुलाई वुवाआमालाई धेरै दुःख दिएको र अब दुःख नदिने उल्लेख गरिएको बताए । उनले आफुलाई मरेपछि नै शान्ति मिल्ने समेत सुसाइट नोटमा लेखेकी थिइन् । डिएसपी राईले भने, ‘उनी मानसिक रुपमा केही पीडामा हुन सक्छिन् । आत्महत्याको कारण पनि त्यहि हुन सक्छ ।’