News flash

विराटपथ

बुधबार, साउन २१, २०७७

विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोना भाइरस संक्रमित दुईको मृत्यु भएको छ । मृतक दुबै पुरुष हुन । दुबै मोरङबासी हुन ।
कोशी अस्पतालका मे.सु. डा. चुमनलाल दासका अनुसार मृतकमध्ये एक मोरङ रंगेली दर्वेसाका हुन । ४५ बर्षिय उनलाई उपचारका लागि कोशी अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । मृतकको स्वाब संकलन गरेर परिक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको मे.सुं दासले विराटपथलाई बताए । उनलाई मंगलबार राती नै अस्पतालमा ल्याइएको थियो ।
त्यस्तै विराटनगर ९ निवासी ४५ बर्षिय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मंगलबार राती उपचारका लागि अस्पतालमा भर्ना भएको केही घण्टामा उनको पनि मृत्यु भएको थियो । ‘उपचारका लागि राती नै भर्ना गरिएको थियो । उपचारको क्रममा नै वहाँको पनि निधन भयो ।’ मेसु.दासले भने, ‘पछि स्वाब लिएर परिक्षण गर्दा वहाँमा पनि कोरोना संक्रमण पुष्टि भयो ।’
कोरोना संक्रमणबाट मृत्यु भएपश्चात दुवैको शवको ब्यवस्थापनका लागि नेपाली सेनालाई खबर गरिएको दासले बताए । उनले सम्पूर्ण टिम तयारी अबस्थामा रहेका कारण शव ब्यवस्थापनका कार्य भइरहेको उल्लेख गरे ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल