News flash

विराटपथ

बुधबार, साउन २१, २०७७

इनरुवा । जिल्ला प्रशासन कार्यालयले साउन २६ गतेसम्म जिल्लामाा निषेधज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण समूदायस्तरमा पुगेपछि सुनसरी प्रशासनले निषेधज्ञा जारी गरेको हो ।
बुधबार बसेको जिल्ला स्तरको कोभिड ब्यवस्थापन समूहको बैठक साउन २१ गतेदेखि २६ गतेसम्म जिल्लाभर आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको हो । बैठकमा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, सुनसरी प्रहरी प्रमुख कमल थापा, शसस्त्र प्रहरीका प्रहरी उपरीक्षक माधवप्रसाद पौडेल, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता लगायतको उपस्थिति रहेको थियो ।
बैठकले जिल्लाका इनरुवा, दुहबी, इटहरी, बराहक्षेत्र जस्ता स्थानीय तहका बजारमा स्वाब संकलन गर्दा कोरोना संक्रमण बढेकाले संक्रामक रोग ऐन २०२० बमोजिम जिल्लामा निषेधज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधज्ञाको अवधिमा सरकारी र सार्वजनिक संस्थाका कर्मचारीले आवतजवात गर्न पाउनेछन् । त्यस्तै सरकारी र अत्यावश्यक सेवाका सवारी साधन चल्नलाई समेत छुट दिइएको छ ।
त्यस्तै उद्योगका कच्चा पदार्थ र उद्योगबाट उत्पादन हुने सामाग्री बजार लैजान समेत छुट दिइएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल