विराटनगर । विराटनगर महानगरपालिकामा बुधवार चार जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा तीन महिला र एक पुरुष छन् ।
विराटनगर महानगरपालिका स्रोतले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर ३ का २७ र ५६ बर्षिया महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै वडा नम्बर ११ को एकजना पुरुष र एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय समूदायस्तरमा कोरोना फैलिएपछि महानगरपालिकाले लकडाउनको आब्हान गरेको छ । महानगरपालिकामा हालसम्म १६२ जनामा कोरोनाबाट संक्रमित भएका छन् ।