News flash

विराटपथ

मंगलबार, साउन २०, २०७७

जनकपुर । प्रदेश २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि तत्काल पाँच सय शैय्याको उपचार सहितको आइसोलेशन बेड थप्ने निर्णय गरेको छ ।
कोरोनाले महामारी भयावह रुप लिन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीति बारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचार सहितको पाँच सय आइसोलेशन शैय्या थप गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हाल सम्म गरेका निर्णयहरु तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ । कोरोना परीक्षणलाई तिब्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ ।
बैठकमा समाजिक विकास मन्त्री नवलकिसोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुन कुमार पोखरेल, डा. रामकेवल साह जीतेन्द्र कुमार यादव सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल