News flash

विराटपथ

मंगलबार, साउन २०, २०७७

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्राप्त पछिल्लो रिर्पोट अनुसार अस्पतालकै ल्याबमा जाँच गर्दा दुई जना नर्सिङ स्टाफ र एक जना सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस अघिपनि कोशी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण भएको थियो । मंगलबार थपिएका तीन जनासँगै कोशीमा हालसम्म संक्रमितको संख्या ११ पुगेको छ ।
यस्तै विराटनगरमा मंगलबार कोशीकासँगै ८ जना नयाँ संक्रमित थपिएका छन् । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले मंगलबार कोशीका तीन कर्मचारीसहित विराटनगरमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे । संक्रमितहरू विराटनगर – ७ की २६ वर्षीया महिला, विराटनगर – ८ की ३० वर्षीया महिला, विराटनगर – ११ का ४१ वर्षीय पुरुष र ९ वर्षीय बालक, विराटनगर – १२ का ३३ र ३२ वर्षीय पुरुष, विराटनगर – १३ का ३२ वर्षीया महिला र विराटनगर – १४ का पुरुषमा संक्रमण पुष्टि भएको छ ।
योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १५० पुगेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल