News flash

विराटपथ

मंगलबार, साउन २०, २०७७

विराटनगर । विराट मेडिकल कलेज र विराटनगर अस्पताल प्रालिका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले कोरोनालाई जितेका छन् । साउन ८ गते कोरोना संक्रमणको पुष्टि भएपछि उनी थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । कोरोना संक्रमणबाट गम्भीर अबस्थामा पुगेका कार्कीलाई स्वासप्रश्वासमा समस्या थियो ।
धरानमा निमोनियाको संक्रमणले थलिएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो । काठमाण्डौको ग्रान्डी अस्पतालमा रहेका डा.कार्कीले आफ्नो रिर्पोट नेगेटिभ आएको बताए । उनले विराटपथलाई भने,‘हिजो मात्र मेरो रिर्पोट आएको छ । पछिल्लो रिर्पोटले कोरोना संक्रमण मुक्त रहेको देखायो । अब केही दिन अस्पतालमा आराम गर्नेछु ।’
साउन १० गते काठमाण्डौको शिक्षण अस्पतालमा भर्ना भएका डा.कार्कीलाई स्वासप्रश्वासमा समस्या हुँदै गएपछि अबस्थामा जटिल बनेको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । नेपालमा उनलाई पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल