विराटनगर । कोशी अस्पताल विराटनगरमा उदयपुर बेलाहाका एकजना पुरुषको मृत्यु भएको छ । ज्वरो आउने, वाकवाकी लाग्ने, सास फेर्न गार्हो हुने समस्याबाट सिकित्स बनेका ५५ बर्षिय पुरुषको कोशी अस्पतालमा ल्याउने बित्तिकै मृत्यु भएको हो ।
अस्पतालका मे.सु.डा चुमनलाल दासले मृतकको उदयपुरमा नै उपचार गरिएपनि त्यहाँ सम्भंव नभएपछि विराटनगर अस्पताल लगिएको र सोमबार राती नै विराटले कोशीलाई रिफर गरेको बताए । डा.दासले भने,‘विराटले समेत कोशी रिफर गरेछ । यहाँ ल्याउँदै गर्दा बिरामीको मृत्यु भयो । अहिले शवलाई आइसुलेसनमा नै राखेर स्वाब लिन लागेका छौ ।’
उनको स्वाबको रिर्पोट आएपछि मात्र कोरोना संक्रमण भए नभएको पुष्टि हुनेछ । मे.सु. डा. दास मृतकमा कोरोना संक्रमणको संम्भावना रहेको बताए । उनले भने, ‘ज्वरो आउनु, सास फेर्न असहज हुनु र बिरामीको तुरुन्तै मृत्यु हुनुले कोरोना संक्रमण भएको अनुमान लगाउन सक्छौ । साँझसम्ममा रिर्पोट आउँछ, त्यो बेलासम्म पर्खौ ।’