News flash

विराटपथ

सोमबार, साउन १९, २०७७

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ५७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी ४६ जना रहेका छन् । त्यस्तै झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा २६ जनामा संक्रमण देखिएको छ । जसमा १६ पुरुष र ६ महिला रहेका छन् । रंगेलीमा १३ पुरुष, ९ महिला गरि २२ जना, कटहरीमा २ महिला, झापाको अर्जुनधारामा ५ पुरुष , विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ । त्यस्तै प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल