News flash

विराटपथ

सोमबार, चैत्र ०३, २०७६

विराटनगर । २०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त्र बनेको धरहराको एघारौ तल्लाको ढलानको काम सकिएको छ । महाभुकम्पले धरहरा ढालेपछि त्यसको अबशेष सुरक्षित गरि नयाँ धरहराको निर्माण कार्य प्रारम्भ गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलन्यास भई मेरो धरहरा ‘म आफै बनाउँछु ।’ अन्तरगत धरहराको निर्माण कार्य जारी रहेको छ । सोमबार प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही तस्वीर सार्वजनिक गर्दै धरहराको निर्माण कार्य दु्रतगतिमा भएको जानकारी दिएका छन् ।
रमण कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको धरहरा २२ तल्ले हुनेछ । अहिले रातदिन गरि दुई सिफ्टमा काम भइरहेको बताइएको छ । ४२ रोपनी क्षेत्रफलमा ३अर्ब ४१ करोडमा निर्माण भइरहेको धरहरा अत्याधुनिक र भव्य हुनुका साथै राजधानीको विशेष पर्यटकीय गन्तव्य बन्ने सरकारको दावी छ । नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको पालामा धरहराको निर्माण भएको थियो ।

तस्वीर स्रोत : प्रधानमन्त्रीका प्रेस सल्लाहकार

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल