विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । उनी विराटनगर महानगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा हुन । आचार्यसहित उनको परिवारका तीनजनालाई कोरोना पोजेटिभ देखिएको छ ।
मुख्य न्यायायाधिवक्ता आचार्यलाई केही दिनअघि सामान्य ज्वरो आएको थियो । ज्वरो आएपनि उनको स्वास्थ्य अबस्थामा भने केही समस्या नरहेको बताइएको छ । आइतबार आचार्यसहित उनका परिवारका सदस्यहरुको स्वाब परिक्षण गरिएको थियो । स्वाब परिक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
संक्रमण हो कि भन्ने आशंकामा घरमै आइसोलेसनमा बसेका उनीहरुमा कोरोना संक्रमण देखिएपछि तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी गरिएको छ । उनलाई कहाँबाट कोरोना संक्रमण सरेको हो त्यसको ट्राभल हिस्ट्री पत्ता लागेको छैन । आचार्य र उनको परिवारको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
प्रदेश सरकारका उच्चपदस्थ अधिकारीमा कोरोना संक्रमण भएको प्रदेश १ मा यो पहिलो घटना हो । नियमित रुपमा कार्यालय र अन्य बैठकहरुमा सहभागी आचार्यलाई कोरोना संक्रमण देखिएपछि प्रदेश सरकार सर्तक बनेको छ ।