News flash

विराटपथ

सोमबार, साउन १९, २०७७

विराटनगर । विराटनगरमा फेरि कोरोना संक्रमित थपिएका छन् । प्रदेश प्रहरी कार्यालय र विराटनगर महानगरपालिकाका बिभिन्न वडामा १४ जना कोरोना भाइरस संक्रमित थपिएका हुन । उनीहरु सबै नयाँ संक्रमित हुन ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार थपिएका संक्रमितको ‘ट्राभल हिस्ट्री’ अन्यौलमा रहेको छ । कार्कीले विराटपथसँग भने, ‘सबै नयाँ संक्रमित हुनुहुन्छ । वहाँहरुको ट्राभल हिस्ट्री खुलेको छैन । अब कन्ट्याक्ट ट्रेसिङको काम शुरु गछौ ।’
सोमबार थपिएका संक्रमितमा १२ जना पुरुष र २ जना महिला छन् । ७ जना प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी हुन भने बाँकी ७ जना विराटनगर महानगरपालिका वडा नम्बर ६, ७ र १४ का बासिन्दा हुन । संक्रमित २४ बर्षदेखि ४५ बर्ष उमेरका रहेका छन् । समूदायस्तरमा कोरोना संक्रमण फैलिएपछि महानगरले लकडाउन गरेको थियो । यो अवधिमा समेत ‘ट्राभल हिस्ट्री’ नभएकामा समेत कोरोना संक्रमण देखिएको छ । जसले गर्दा कन्ट्याक्ट ट्रेसिङमा केही समस्या परेको छ ।
विराटनगर महानगरपालिकामा हालसम्म एकसय ३४ जनामा संक्रमण पुष्टि भएको छ । महानगरको छिमेकी गाँउपालिका बुढीगंगास्थित टंकीसिनुवारीमा समेत २५ वर्षीया महिला संक्रमित भएको बताइएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल