News flash

राकेश निरौला

सोमबार, साउन १९, २०७७

इनरुवा । पूर्व पश्चिम राजमार्ग भएर हरेक दिन सयौ सवारी साधनहरु आवतजावत गरिरहेका हुन्छन् । पूर्वबाट राजमार्गले सुनसरी जिल्ला हुँदै सप्तरी जिल्लालाई छुन्छ । दुवै जिल्लाको बीचमा सप्तकोशी नदीमा ५८ वटा ढोकासहित पुल छ । तर नेपाल कै प्रमुख राजमार्ग अन्तरगत सुनसरी जिल्लातर्फको सडकको अबस्था भने लाजमर्दो छ ।
कोशी नदीकै पानी भारतमा सिंचाईका लागि प्रयोग हुन्छ । जसका लागि भारतले नहरको निर्माण गरेको छ । सो नहरको मूल सुनसरी जिल्लातर्फ नै पर्छ । त्यहि नहरको छेउमा भारत सरकारले एउटा बोर्ड टाँगेको छ र बोर्डमा लेखिएको छ, ‘वेलकम टु कोशी ब्यारेज अर्थात कोशी ब्यारेजमा स्वागत छ ।’
तस्वीरमा हेर्नुस, बोर्ड अगाडीको सडक । सो सडक नेपालको पूर्व पश्चिम राजमार्गले छुने सानो अंश हो । तर कुनैपनि हालतमा सो सडकको अंश राजमार्ग भन्न सुहाउने खालको छैन र सडक जस्तोपनि लाग्दैन । अझ बर्षाका कारण हिलाम्ये भएको सो सडकले कोशी ब्यारेजको साखलाई झनै गिज्जाएको छ । बर्षौ भयो, सडकमा कालोपत्रे त परै जाओस्, खाल्डो पुर्न समेत कुनै चासो देखाइएको छैन । हिलाम्मे सडकले स्वागत गरेको भान हुने कोशी ब्यारेजमा नेपाल सरकारले समेत सडक मर्मतमा ध्यान दिएको छैन ।
२०११ साल बैशाख १२ गते नेपाल र भारत सरकारबीच भएको कोशी सम्झौतामा पुलको रेखदेख, मर्मत तथा ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने काम भारत सरकारको जिम्मेवारीमा रहेको हो । तर भारतीय पक्षका ठेकेदारको गैरजिम्मेवारीले पुल नजिकैको सो सडक अहिलेसम्म मर्मत गरिएको छैन । नेपाल सरकारका उच्च अधिकारीहरु यहि सडक भएर आवतजावत गरिरहेका हुन्छन् । उनीहरुको नजरमा समेत यो हिलाम्ये स्वागत गर्ने सडक नजरमा परेको छैन । बर्षेनी कोशी ब्यारेजको पुलको आयु सकिदो छ र खतरा बढ्दो छ । तर यति सामान्य सडक मर्मतमा कसैको चासो छैन ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल