विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा पछिल्लो परिक्षणमा कोरोना भाइरसको संक्रमण नदेखिएको महानगरले जनाएको छ । आइतबार दिउँसो प्राप्त पछिल्लो ५० जनाको स्वाव परिक्षणमा कोरोना संक्रमण नदेखिएको महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जनाए ।
कार्कीका अनुसार संकलन गरिएको स्वावको रिर्पोट क्रमशः आउन थालेको छ । ‘५० जनाको रिर्पोट आएको छ । वहाँहरुमा कोरोनाको संक्रमण छैन । अन्यको पनि रिर्पोट आउने क्रममा छ ।’ कार्कीले भने । विराटनगरमा केही दिनदेखि ह्वातै कोरोना संक्रमितको संख्या बढेपछि महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको थियो । शनिबारबाट विराटनगरमा १४ दिनको लकडाउन घोषणा गरिएको छ ।