News flash

विराटपथ

आइतबार, साउन १८, २०७७

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलमाथि हातपात गर्नेलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको छ । आफ्नै कार्यकक्षमा महिला कर्मचारीबाट हातापात भएपछि शनिबार प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।
शनिबार ११ बजे प्रमुख सञ्जेलमाथि कार्यालय सहयोगीहरु नेत्रकुमारी भट्टराई र मेनुका कोइरालाले हातपात गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एंव प्रवक्ता मानबहादुर राईले प्रहरी नियन्त्रणमा रहेका दुई महिला कर्मचारीमाथि अभद्र ब्यवहारको मुद्दा दर्ता गरिने जानकारी दिए । ‘अन्य कुनै जाहेरी परेको छैन । हामीले अभद्र ब्यवहारको मुद्दामा सात दिनको म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय पठाएका छौ ।’ राईले विराटपथसँग भने ।
कार्यालय प्रमुख सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गर्ने गरेको, अनावश्यक रुपमा काममा दलाउने गरेको र जिम्मा नै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको बताउँदै आएका महिला कर्मचारीले सञ्जेल कै कारण घटना हुन पुगेको बताउँदै आएका छन् । तर सञ्जेलले भने आफुलाई नियोजित रुपमा नै आक्रमण भएको दावी गरेका छन् । महिला कर्मचारीले सञ्जेलमाथि टेबुलमाथि राखेको पेपरवेट, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको छ ।
शनिबार दिनभर जिल्ला प्रहरी कार्यालयमा घटनाको मिलापत्रका लागि पहल भएको थियो । तर सञ्जेलले मिलापत्र गर्न अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चलेको हो । दुवै महिला कर्मचारी करारमा नियुक्त भएका कार्यालय सहयोगी हुन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल