News flash

विराटपथ

आइतबार, साउन १८, २०७७

विराटनगर । मानसिक सन्तुलन गुमेर खोरमा थुनिएकाको उद्धार गर्न मन्त्री आफै जुटेका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे मानसिक स्वास्थ्य ठीक नभएका र सडकमा आश्रय लिई बसेकोको उद्धारमा जुटेका हुन ।
मन्त्रालयले शनिबार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको हो । मन्त्री घिमिरे आफ्नो टोलीसहित उदयपुरको कटारी पुगेर खोरमा थुनिएका सडक आश्रित ब्याक्ति, गर्भवती महिला र बालिकाको उद्धार गरेका थिए । उद्धार गरिएकामा सडक आश्रित ४ महिला र ६ पुरुष छन् । उनीहरुलाई सडक र घर–घरमा गएर मन्त्रीसहित प्रदेशसभा सदस्य कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, सामाजिक अभियान्ता मञ्जिता उपाध्याय, मानव सेवा आश्रमका प्रतिनिधि सहितको टोलीले उद्धार गरेको थियो ।
सो टोलीले कटारी १ कालिखोलाका ५७ वर्षीय तर्कबहादुर अधिकारी(खत्री) लाई उद्धार गरेको थियो । उनलाई परिवारले घरदेखि करिब दुईसय मिटर पर बाँसघारीमा बनाईएको खोरमा थुनेर राखिएको थियो । उद्धार टोली पुग्दा उनी नग्न अवस्थामा थिए । उनी १० वर्षदेखि खोरमा नग्न अवस्थामा बस्दै आएको स्थानीय पवित्रा थापाले बताइन् । कटारी नगरपालिकामा करिव ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ ।
नगर उपप्रमुख भीमकुमारी राउतले स्वास्थ्य समस्या भई सडक आश्रित व्यक्तिका परिवारलाई नगरपालिकामा भेला गरि समस्या समाधानको पहल शुरु गरेको बताइन् । शनिबार उद्धार गरिएकाहरुमा ५ सन्तानका आमादेखि सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका ब्याक्ति र पढ्दा पढ्दै स्कुल छोडेका युवाहरु रहेका छन् । प्रदेश १ सरकारले सडक आश्रित सवैको उद्धार गर्ने सामाजिक विकास मन्त्री घिमिरेले बताए ।
मन्त्री घिमिरेले प्रदेश १ का सवै स्थानीय तहबाट मानसिक स्वास्थ्य समस्या भएका, सडकमा जीवन विताई रहेकाहरुको उद्धार गरिने उल्लेख गरे । उनले सडकमा आश्रित र सहयोगापेक्षीको उद्धार गरि सडक मानवमुक्त बनाईने जनाए । उद्धार गरिएका व्यक्तिहरुलाई मानव सेवा आश्रम विराटनगरमा राखिने छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा मानव सेवा आश्रमले सडक आश्रित र सहयोगापेक्षीहरुको उद्धार गर्दै आएको छ ।
मानव सेवा आश्रमले अहिले सम्म प्रदेश १ मा एकसय ८ जनाको उद्धार गरिसकेको छ । उद्धार गरिएका मध्ये अहिले ६५ जना आश्रममा छन् । अन्यलाई उपचार पछि परिवारको जिम्मा लगाईएको छ । सडक आश्रितहरुलाई आगामी एक वर्ष भित्रमा उद्धार गरिसक्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल