विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या ३१५ जनाले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित प्रेस बिफ्रिङमा सो जानकारी दिइएको हो । सो संख्यासँगै हालसम्म नेपालमा संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
मन्त्रालयका अनुसरा पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २८ जना कोरोना संक्रमित थपिएका छन् । जस अनुसार मोरङमा दुईजना रहेका छन् । शनिबार मात्र प्रदेश १ को इलाममा धेरै संक्रमित थपिएका छन् । इलाममा २२ जना नयाँ संक्रमण थपिएको छ ।