News flash

विराटपथ

शनिबार, साउन १७, २०७७

विराटनगर । पर्वत र वागलुङ जिल्ला जोड्न निर्माण गरिएको विश्वकै लामो झोलुङगे पुल औपचारिक रुपमा खुल्ला गरिएको छ । सो पुल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय पूर्वाधार विभाग मातहत सस्पेन्सन व्रिज डिभिजनले निर्माण गरेको हो । पुलको लम्बाई ५ सय ६७ मिटर रहेको छ ।

डिभिजनका योजना प्रमुख इन्जिनियर कुमार थापाले शुक्रबारबाट पुल औपचारिकरुपमा सर्वसाधारणका लागि खुल्ला गरिएको जानकारी दिए । उनले स्विटजरल्याण्डको चाल्र्स कोनेन झोलुङगे पुल ४ सय ९४ मिटर रहेको र नेपालमा निर्माण गरिएको सो पुल कोनेन भन्दा ७३ मिटर लामो रहेको जानकारी दिए ।
स्थानीय पाङबाट बाग्लुङको बागेचौरसँग जोडिएको पुलले सो क्षेत्रको पर्यटकीय, धार्मिक, आर्थिक, सामाजिक र शैक्षिक गतिविधिलाई सहज बनाउने ईन्जिनियर थापाको भनाइ छ । डिभिजनले मुलुकभर लामो र विशिष्ट प्रकारको झोलुङगे पुल निर्माण गर्दै आएको छ । सो पुल विश्वकै पहिलो लामो झोलुङगे पुल भएको दाबी गर्दै थापाले पुल हेर्न र पर्यटन विकासका लागि समेत यसले विश्वलाई आकर्षित गर्ने बताए ।
कालीगण्डकी नदीको मालढुंगाको जमीन सहतबाट एकसय ३१ मिटर माथि पुल निर्माण गरिएपछि दुवै जिल्लामा पैदल आवतजावतका क्रममा लाग्ने समय कटौती भएको छ । विगतमा दुई जिल्लामा पैदल आहोरदोहर गर्न घण्टौ समय लाग्ने गरेको भएपनि पुलनिर्माणपछि अब सो यात्रा १५ मिनेटको रोमाञ्चक यात्रा हुनेमा सीमित हुने छ ।
२०७५ फागुनमा दुइ वर्षभित्र कार्य सम्पन्न गर्ने गरि श्रीथानी, विएलटी, हिमशिखर जेभीसँग निर्माण सम्झौता भएको हो । सो क्रममा २०७६ साल बैशाख १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले पुलको शिलान्यास गरेका थिए । सो पुल १५ महिनाको समयमा निर्माण सम्पन्न भएको हो ।
एकपटकमा ६ सय १२ जना पदयात्रीको भार थाम्न सक्ने सो पुल निर्माणका लागि करिब १० करोड ४५ लाख रुपैया खर्च भएको छ । यसअघि डिभिजनले ३ सय ५९ मिटर लम्बाईसम्मको एकल स्पान पुलको निर्माण गरेको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल