News flash

विराटपथ

सोमबार, चैत्र ०३, २०७६

विराटनगर । कोशी अस्पताल विराटनगरमा कोरोना भाइरस रोकथामका लागि सोमबारबाट फिवर क्लिनिक सञ्चालनमा ल्याइएको छ । अस्पतालले पछिल्लो समय कोरोना भाइरस संक्रमणको रोकथामका लागि सो थालनी गरेको जनाएको छ र

पछिल्लो समय कोरोना भाइरसका कारण सृजना भएको परिस्थितिका बिषयमा जिल्ला प्रसासन कार्यालय मोरङले सोमबार डाकेको सर्वपक्षिय छलफलमा अस्पताल मेडिकल सुुपरिटेन्डेन डा. संगिता मिश्राले कोरोना भाइरस रोकथामका लागि सो क्लिनिक संचालनमा ल्याएको जानकारी दिइन् ।

छलफलमा औषधि व्यवस्था विभाग विराटनगरका प्रमुुख सविन कट्टेलले रुघा, खोकी तथा ज्वरोमा प्रयोग हुुने २६ प्रकारका औषधी उत्पादनका लागि चाहिने कच्चा पर्दाथ पर्याप्त मात्रामा स्टक रहेको उल्लेख गरे ।

सो छलफलमा मोरङका प्रमुुख जिल्ला अधिकारी मदन भुुजेलले दैनिक उपभोग्य वस्तुको पर्याप्त स्टक रहेकाले कसैले कालाबजारी गर्न खोजे त्यस्तालाई कार्वाही गरिने चेतावनी दिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले कोरोना भाइरस सक्रमण राकथामका लागि  महानगपालिकाले रानी सीमाना र विराटनगर विमानस्थलमा  हेल्प डेस्क सञ्चालनमा ल्याएको जानकारी दिए ।

कार्यक्रममा वाणिज्य कार्यालय विराटनगर प्रमुुख हिमालय बराल, मोरङ व्यापार संघका अध्यक्ष प्रकास मुुन्दडा, तथा व्यापार संघका  पुुर्व अध्यक्ष पवन सारडाले व्यापारीहरुले नभई उपभोक्ताहरुले कोरोनाको सन्त्रासका कारण बढी मात्रामा उपभोग्य वस्तु स्टोक गरेको दावी गरे ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल