News flash

विराटपथ

शनिबार, साउन १७, २०७७

विराटनगर । श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलमाथि कार्यालय मै हातापात भएको छ । शनिबार दिउँसो कार्यालयमा श्रम कार्यालय कै कर्मचारीले उनीमाथि हातपात गरेका हुन ।
प्रहरीले उनीमाथि भएको हातापातको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी तथा प्रवक्ता मानबहादुर राईले कार्यालयमा भएको विवादमा सञ्जेलमाथि हातपात भएको जानकारी दिए । ‘कार्यालय मा विवाद भएको छ । सो विवादको क्रममा झै झगडा भएको हो ।’ प्रवक्ता राईले विराटपथलाई भने ।
प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले हातपात गरेका हुन् । कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि उनीमाथि हातापात भएको थियो । सञ्जेलको निधार लगायत शरिरको अन्य भागमा चोट लागेको छ ।
सञ्जेलमाथि टेबुलमाथि राखेको पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिनलगायत प्रहार भएको थियो । प्रहरीका अनुसार हातापात गर्ने कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । शनिबार लगायत अन्य दिनपनि अबेरसम्म काम लगाउन गरेका कारण केही कर्मचारी उनीसँग रुष्ट थिए । सार्वजनिक विदाका दिन शनिबार पनि सञ्जेलले कामका लागि कर्मचारी बोलाएका थिए । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेसँगै उनले कार्यालयमा ढोका बन्द गरेर दैनिक कामकाज गर्दै आएका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल