News flash

विराटपथ

बिहिबार, साउन १५, २०७७

विराटनगर । सुन्दापनि अचम्म लाग्न सक्छ । तास जुवा खेल्नेहरुले आजकाल नगद मात्र होइन, बैङ्कको चेकबाट पनि कारोबार गर्छन भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ । तर नगद र बैङ्कको चेकबुकसहित चारजना तास खेल्ने पूर्वी नेपालको सोलुखुम्बुबाट पक्राउ परेका छन् ।
सोलुखुम्बुको सोताङ गाउँपालिका ५ गणेश राईको घरमा तास खेलिरहेका अबस्थामा चारजना पक्राउ परेपछि उनीहरुको साथबाट ठूलो परिणाममा नगद र चार थान चेकबुक समेत बरामद गरेको छ । राईको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा जे ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरी टोलीले १४ लाख ६५ हजार नगद बरामख गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार २९ लाख रुपैया बराबरको काटिएको चेकपनि बरामद भएको हो ।
प्रहरीले तास खेलिरहेको अवस्थामा सोताङ गाउँपालिका ४ का ३७ बर्षीय दुर्गाप्रसाद राई, सोही गाउँपालिका २ का ३४ बर्षीय दुर्गाप्रसाद राई, थुलुङ दुधकोशी गाउँपालिका ७ का २९ बर्षीय दिपक राई र ३२ बर्षीय फ्रेमराज राईलाई पक्राउ गरेको छ । तासको खालबाट प्रहरीले दुर्गाप्रसाद राईले दिपक राईको नाम उल्लेख गरी काटेको २४ लाखको चेक ३ थान र पाँच लाखको एक थान चेक पनि बरामद गरेको छ । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल