विराटनगर । कोरोना संक्रमणबाट उपचारको क्रममा मृत्यु भएका मोरङ सुनबर्षीका ४५ बर्षिय पुरुषको श्रीमतिमा समेत कोरोनाको संक्रमण देखिएको छ । विराटनगरबाट उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएका ४५ बर्षिय ती पुरुषको बुधबार पौने ५ बजे मृत्यु भएको थियो ।
मोरङ सुनबर्सी नगरपालिका ८ सिक्टीका ४५ वर्षीय ती पुरुषको मृत्यु भएपछि उनको परिवारका सदस्यको स्वाब संकलन गरिएको थियो । उनको श्रीमतिमा कोरोना संक्रमणको पुष्टि भएको सुनबर्षी नगरपालिकाका प्रेस संयोजक बीरेन्द्रकुमार साहले विराटपथलाई बताए । साहका अनुसार उनलाई कोरोना पुष्टि भएपछि गोठगाँउ पठाइएको छ । उनको सम्पर्कमा आएका ४८ जनाको समेत स्वाब संकलन गरिएको र उनीहरुको रिर्पोट आउन बाँकी रहेको साहले बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा ज्यान गुमाएका ती पुरुष केही दिन अघि भारतबाट आएको खुलेको छ ।