विराटनगर । सोमबार दिनभर पूर्व क्षेत्रका ब्यापारीले कृत्रिम पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुँदा त्यसको सास्ती सर्वसाधारणले खेप्नु पर्यो । पेट्रोल पम्प बिना सूचना बन्द गरिएपछि सत्तारुढ दल नेकपा मोरङका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले सामाजिक सञ्जालमा आक्रोश नै पोखे ।
तर सरकारका उद्योग वाणिज्य तथा आपुुर्ति राज्यमंन्त्री मोती दुुगडले भने सोमबार नै उपभोग्यवस्तुको कृत्रिम अभाव सृजना नगर्न व्यवसायीलाई सुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले आयोजना गरेको सर्वपक्षिय छलफल कार्यक्रमा उनले दैनिक उपभोग्य वस्तुु खाद्यान्न, औषधि पेट्रोलिय पदार्थ तथा खाना पकाउने ग्याँस लगायत अति आवश्यक वस्तुु पर्याप्त रहेको समेत प्रष्ट पारे । उद्यमी समेत रहेका राज्यमन्त्री दुगडले कोरोना भाइरसको त्रास देखाएर कृत्रिम अभाव सृजना गर्न नहुुने वताए ।
संघिय सरकारले सवै वस्तुहरुको आयात वढाएकाले कसैले पनि आत्तिनु नपर्ने बताउँदै उनले सरकारले पर्याप्त सामाग्रीको स्टक रहेकोले चाहिने भन्दा वढी वस्तुु घरमा भण्डारन नर्गन उपभोक्तालाई सुझाव दिए ।
छलफलमा नेपाल आयाल निगम १ न प्रादेशिक कार्यालयका निमित्त प्रमुुख चितरन्जन दासले तत्काल एक हप्तालाई पुुग्ने पेट्रोलियम पर्दाथ र खाना पकाउने एलपी ग्यासको स्टोक रहेको जानकारी दिए । उनले कार्यालयसँग ३ सय किलोलिटर पेट्रोल, ८ सय किलोलिटर डिजेल तथा २० किलोलिटर मट्टितेल तथा पर्याप्त मात्रामा ग्याँस वुुलेटहरु स्टक रहेका बताए ।
त्यस्तै साल्ड ट्रेडिङ कार्यालय विराटनगरका प्रमुुख राधेश्याम चौधरीले ३ लाख ३३ हजार वोरा नुुन तथा २ लाख ७५ हजार वोरा रसायनिक मल तथा ४सय ५० बोरा चिनी कार्यालय सँग मौज्जाद रहेको जानकारी दिए ।