News flash

विराटपथ

बिहिबार, साउन १५, २०७७

विराटनगर । विराटनगरको कोसी अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको छ । कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले ओपीडी सेवा बन्द गरेको हो ।
अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरेको जानकारी गराएको छ । कोसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्यकर्मीलाई कारोना संक्रमणको पुष्टि भएपछि अस्पतालले गेटमै सूचना टाँस गरी संक्रमणको कारण सेवा दिन नसकिने जनाएको हो ।
अस्पतालले ओपीडी सेवा सुरु गरेपछि दैनिक पाँच सयभन्दा धेरै बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । तर, विषम् परिस्थिति र संक्रमण त्रासका कारण अहिलेलाई ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेसु चुमनलाल दासले बताए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल