News flash

विराटपथ

मंगलबार, साउन १३, २०७७

विराटनगर । मंगलबार कोरोना संक्रमणको पुष्टि भएका एकजना आफ्नो रिर्पोट लिन सिधै विराटनगर महानगरपालिका पुगेपछि कर्मचारीहरु भागाभाग भएका छन्। यसरी संक्रमण पुष्टि भएकै ब्याक्ति कार्यालय पुगेपछि महानगरपालिकाले सूचना जारी गर्दै नमूना संकलन गरेको ५ दिन पछि मात्र रिर्पोट सम्बन्धित वडाबाट लिन आग्रह गरेको छ।
घटना हो, मंगलबारको। पछिल्लो समय विराटनगर महानगर क्षेत्र भित्र कोरोनाको उच्च जोखिम बढेपछि महानगरपालिकाले स्वाव तथा नमूना संकलनको कार्य गर्दै आएको छ। केही दिन अघि विराटनगर अस्पतालका सञ्चालकलाई नै कोरोना संक्रमणको पुष्टि भएपछि सो अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीको समेत नमूना संकलन गरिएको थियो। नमूना संकलन गरिएका मध्ये सञ्चालक कै घरका भान्से मंगलबार दिउँसो आफ्नो रिर्पोट लिन महानगरको कार्यालय पुगेका थिए।
‘संक्रमित नै रिर्पोट लिन पुगेपछि हामीलाई समेत तनाव हुनु स्वाभाविक हो।’ महानगरपालिका कोभिड १९ टिम सुपरभाइजर हैदर अलीले विराटपथसँग भने, ‘हामीले उनलाई तत्काल कोभिड १९ अस्पताल पठायौ ।’ संक्रमित नै महानगरको कार्यालय पुगेपछि महानगरले आफ्नो परिसरमा तत्कालै ‘डिस्इन्फेक्टेड’ गरेको थियो। उनी दिउँसो करिब १२ बजे बजार हुँदै महानगरपालिका पुगेका थिए।
यसैबीच संक्रमित लगायत नमूना संकलन गरिएका ब्याक्ति समेत सोझै रिर्पोट लिन महानगरपालिका पुग्न थालेपछि महानगरले एक सूचना जारी गरेको छ। महानगरले क्वारेन्टिनमा बसेका र संक्रमित समेत छिटफुट रुपमा रिर्पोट लिन पुगेको जनाउँदै अब नमूना संकलन गरिएको ५ दिन पश्चात रिर्पोट लिन सम्बन्धित प्रयोगशाला वा वडा कार्यालयबाट उपलब्ध हुने जनाएको छ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल