विराटका अर्को एक चिकित्सकमा कोरोना संक्रमण

Logo
मंगलबार, साउन १३, २०७७

विराटनगर । पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएको छ। मंगलबार मात्र विराटनगरमा थप १५ जनामा कोराना संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिका अनुसार विराटनगर अस्पताल(विराट नर्सिङ होम)का ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
महानगरपालिका कोभिड १९ टिम सुपरभाइजर हैदर अलीका अनुसार विराटनगर अस्पताल(विराट नर्सिङ होम)का एक चिकित्सकमा समेत कोरोना भाइरसको संक्रमण देखिएको हो। ‘विराट अस्पतालका ७ जनामा कोरोना देखिएको छ । एकजना डाक्टरमा समेत कोरोना पुष्टि भएको छ।’ अलिले विराटपथसँग भने, ‘बाँकी भने अस्पताल कै कर्मचारी छन् । एकजना अस्पताल परिवार कै ब्याक्ति हुन तर उनी भने भान्से हुन।’
बाँकी कोरोना संक्रमित भने विराटनगरबासी नै हुन। कोशी अस्पतालको प्रयोगशालाको रिर्पोट अनुसार मंगलबार थप १८ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये ३ जना झापा जिल्लाका रहेका छन्। एकजनाको ठेगानामा मोरङ मात्र भएकाले बिस्तृत जानकारी नआएको अलिले बताए।
केही दिनदेखि विराटनगर महानगर क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ। विराटनगर महानगरपालिकामा मात्र हालसम्म ८२ जनामा कोरोना संक्रमण देखिएको छ। यस अघि विराट अस्पतालका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्कीलाई कोरोना संक्रमण देखिएको थियो। उनी उपचारका क्रममा काठमाण्डौंमा रहेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]