News flash

विराटपथ

मंगलबार, साउन १३, २०७७

विराटनगर । पूर्व क्षेत्रमा लुटपाट गर्ने उद्धेश्यका काभ्रेबाट इटहरी आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। केही दिन अघि ईटहरीमा भएको लुटपाटको घटनामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले सो समूहलाई पक्राउ गरेको हो।
केही दिन अघि इटहरीमा बसमा सबार धरानका डम्बरप्रसाद बास्तोला लुटिएका थिए। प्रहरीले सो घटना संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरेको हो। गत शुक्रबार धरानबाट ईटहरी तर्फ जाने बसमा सवार धरान उपमहानगरपालिका – ८ का ५७ बर्षीय बास्तोलालाई अज्ञात समूहले लुटेको थियो।
ईलाका प्रहरी कार्यालय ईटहरीका अनुसार पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक रोसी गाउँपालिका – ३ का ३६ बर्षीय जितबहादुर ट्वाटी श्रेष्ठ, रोसी गाउँपालिका – ५ का २२ बर्षीय चिउनी भनिने युवराज लामा, भुङलो गाउँपालिका – ८ का ३२ बर्षीय सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ र तिमाल गाउँपालिका – २ का २६ बर्षीय कमल लामा रहेका छन्।
उनीहरूले ईटहरी स्थित ट्ङग्रा खोला नजिकै बसबाट ओर्लन खोजेका बास्तोलाको साथबाट ९७ हजार ६ सय नगद लुटपाट गरका थिए। लुटपाट गरी फरेर भएका उनिहरूको खोजी गर्ने क्रममा कमल तत्काल पक्राउ परेको थिए भने अन्य ३ जनालाई खोजतलास गर्ने क्रममा प्रहरीले सोमबार दिउँसो तरहराबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरुको १२ हजार ९ सय रुपैया पनि बरामद भएको छ। उनीहरु गत साउन ८ गते नै चोरी, लुटपाट तथा डकैत गर्ने योजना बनाएरै पूर्व तर्फ आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पूर्व आएर उनीहरु धरानको एक हाटलमा डेरा गरि बसेका थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल