News flash

विराटपथ

मंगलबार, साउन १३, २०७७

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि मध्यमार्गी प्रस्ताव ल्याएका छन् । उपाध्यक्ष गौतमले पार्टी जोगाउनका लागि भन्दै दुई अध्यक्षलाई छ बुँदे सुझाव समेत दिएका छन् ।
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा नदिने अडानमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि उपाध्यक्ष गौतमले अघि सारेका पछिल्लो प्रस्तावले प्रधानमन्त्री ओलीलाई भने केही राहत मिलेको छ । गौतमले मंगलबार केपी शर्मा ओली नै पाँच वर्ष प्रधानमन्त्री र आउने महाधिवेशनसम्म केपी शर्मा ओली अध्यक्ष र सहमतिमा महाधिवेशन गर्ने सुझाव दिएका छन् ।
मंगलबारको स्थायी कमिटी बैठकमा गौतमले सो प्रस्ताव राखेका हुन । अध्यक्ष ओलीले मंगलबारको स्थायी कमिटीको बैठक स्थगित गरेका थिए । उपाध्यक्ष गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन् । पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ।
उनले मन्त्रिपरिषद पुनर्गठनका प्रस्ताव पनि राखेका छन् । ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने,’ गौतमले भनेका छन्, ‘संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नु पूर्व सचिवालयमा परामर्श लिने ।’
साथै उनले प्रधानमन्त्री निवासमा पार्टीका बैठक नगर्न पनि सुझाव दिएका छन् । ‘अबदेखि पार्टीका बैठकहरू पार्टी कार्यालयमा आयोजना गर्ने,’ उनले भनेका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल