News flash
विना कारण ब्यवसायीले दिनभर पेट्रोलपम्प बन्द गरे

विना कारण ब्यवसायीले दिनभर पेट्रोलपम्प बन्द गरे

विराटपथ

सोमबार, चैत्र ०३, २०७६

विराटनगर । सोमबार दिनभर मोरङ जिल्लाका अधिकांश पेट्रोलपम्प बन्द रह्यो । सामान्यतया इन्धनको अभाव हुँदा, आम हडताल हुँदा वा अन्य बिशेष कारणमा पेट्रोलपम्प बन्द हुने गर्दछ । तर सोमबार एकाएक पेट्रोलपम्प बन्द भएपछि नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले सामाजिक संञ्जालमा स्टाटस हाल्दै लेखे, ‘आज मोरङ जिल्लाका प्राय सबै पेट्रोलपम्प किन बन्द, पूर्व सूचना विना गरिएको बन्दप्रति दुःख ब्यक्त गर्दछौ । जवाफदेहिता खै’
अध्यक्ष पोखरेलले भने जस्तै मोरङमा सोमबार गरिएको पेट्रोलपम्प बन्द पूर्व सूचना विना नै थियो । सोमबारको बन्द बारे पेट्रोलियम ब्यवसायीले आफ्नो आधिकारिक धारणा नराखेपनि पेट्रोलिय पदार्थको मूल्यमा समायोजन हुने कारणले ब्यवसायीले कृत्रिम अभाव सृजना गर्दै सोमबार पम्प बन्द गराएका हुन । ‘यो ब्यापारीले सरासर बदमासी गरेका छन् । यस्तो गर्नु हुदैन थियो ।’ नाम उल्लेख नगर्ने शर्तमा एक ब्यापारीले विराटपथसँग भने, ‘मंगलबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गर्दैछ । मूल्य घट्ने अनुमानले ब्यापारीले यसो गरे ।’
कोरोना भाइरसको त्रास फैलिरहेको अवस्थामा ब्यवसायीले विराटनगरसहित प्रदेश १ का अन्य जिल्लामा पेट्रोलियम व्यवसायीले इन्धनको कृत्रिम अभाव सिर्जना गरेका हुन ।
नेपाल आयल निगम विराटनगरका अनुसार विराटनगर डिपोसँग इन्धन पर्याप्त छ । तर आइतबार र सोमबार नगन्य मात्रामा व्यावसायीले तेल उठाएका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल