डा. कार्कीलाई निमोनियाको संक्रमण, अबस्था सामान्य

Logo
आइतबार, साउन ११, २०७७

विराटनगर । कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका विराट मेडिकल कलेजका तथा विराटनगर अस्पताल प्रालिका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई निमोनियाको संक्रमण देखिएको छ । निमोनियाको संक्रमण देखिएपनि स्वास्थ्य अबस्था भने सामान्य रहेको कार्की निकट स्रोतले विराटपथलाई जनाएको छ ।
‘वहाँमा पुरानै निमोनिया बल्झेको हो । निमोनियाको संक्रमण कम भइसक्यो । स्वास्थ्य अबस्था सामान्य छ ।’ कार्की निकट स्रोतले विराटपथलाई भन्यो, ‘हेलिकप्टरबाट ओर्लदा पनि आफ्नो ब्याग आफै बोकेर अस्पताल जानुभयो । त्यस्तो आत्तिनुपर्ने केही छैन ।’
डा. कार्कीलाई शुक्रबार साँझ धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । कोराना संक्रमण पुष्टि भएपछि उनी केही दिन घर मै बसेर आराम गरेका थिए । शनिबार उनलाई हेलिकप्टर चार्टर गरेर टिचिङ अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका थिए । छातीमा निमोनिया देखेपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ । बिहीबार विराटनगर महानगरपालिकाको सम्पर्कमा आएका उनलाई शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर, शनिबार हेलिकप्टर चार्टर गरेर उनी टिचिङको कोभिड–१९ उपचार केन्द्रमा भर्ना हुन पुगेका हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]