विराटनगर । गायक सुगम पोखरेललाई पितृशोक परेको छ । गायक पोखरेलका पिता एकनाथ पोखरेलले ८० बर्षको उमेरमा निधन भएको हो ।
शनिबार साँझ पोखरेलको मोरङ रंगेली २ स्थित बवियाविर्ता, मंगलबारेमा आफ्नै निवास निधन भएको हो । पोखरेलका दुई पत्नी, तीन छोरा र दुई छोरी छन् । पोखरेलका जेठा छोरो सुनिल पोखरेल रंगकर्ममा क्रियाशिल छन् । उनी लामो समयदेखि मुटु सम्बन्धी रोगबाट ग्रस्त्र थिए ।
पारिवारका अधिकांश सदस्यहरु काठमाण्डौमा रहेका कारण आइतबार विहान मात्र दाहसंस्कार गरिने भएको छ ।