News flash

विराटपथ

शुक्रबार, साउन ०२, २०७७

विराटनगर । नेपाली काँग्रेस मोरङले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको आरोप लगाएको छ । मोरङ काँग्रेसका जिल्ला सदस्य समेत रहेका केराबारी गाँउपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यकक्ष मै आक्रमण भएपछि काँग्रेसले सो कार्यको भत्सर्ना समेत गरेको छ ।
शुक्रबार साँझ मोरङ काँग्रेसले बिज्ञप्ति जारी गर्दै पार्टीका प्रचारप्रसार विभागका प्रमुख समेत रहेका कार्कीमाथि कार्यकक्ष मै आक्रमण हुनुले राज्यको शान्ति सुरक्षामाथि नै प्रश्न उठेको जनाएका छ । मोरङ काँग्रेसका उपसभापति शिवनारायण सिंहद्धारा जारी बिज्ञप्तिमा यस घटनाले सर्वसाधारणको सुरक्षाको अबस्था कति कहालीलाग्दो रहेको प्रष्ट पारेको जनाइएको छ ।
‘यो घटनाले सर्वसाधारणको सुरक्षाको अबस्था कति कहालीलाग्दो छ भन्ने कुरा प्रष्ट हुन्छ । तसर्थ यो नालायक, भ्रष्ट, निकम्मा सरकारको घोर भत्सर्ना गदछौ ।’ बिज्ञप्तिमा भनिएको छ, ‘अपराधीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै, जनप्रतिनिधिसहित आम सर्वसाधारणको सुरक्षामा ध्यान दिन मोरङ काँग्रेस माग गर्दछ ।’
शुक्रबार आफ्नै कार्यकक्षमा आक्रमणमा परि घाइते भएका कार्कीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न सोही गाँउपालिकाका ३२ बर्षिय भवन ठकुरीलाई पक्राउ गरिसकेको छ ।

तस्वीर : पक्राउ परेका ठकुरी

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल