विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल बिद्युत प्राधिकरणका एक कर्मचारीलाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्राधिकरण रत्नपार्क वितरण केन्द्रका ईलेक्ट्रिीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल रहेका छन् । दाहालले सेवाग्राहीसँग घुस बापत २० हजार रुपैया लिएका थिए ।
सुपरभाइजर दाहालले नयाँ क्षमता बृद्धिको मिटर जडानका लागि नियमानुसार राजश्व तिरेर प्रक्रिया अघि बढाउँदा प्रक्रिया झन्झटिलो हुने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए । सेवाग्राहीलाई आलटाल गरि घुस मागेको उजुरीका आधारमा अख्तियारमा उजुरी परेपछि उनी पक्राउ परेका हुन । दाहाललाई अख्तियारको टोलीले रंगेहात घुस सहित पक्राउ गरेको जनाएको छ ।
प्राधिकरणको कार्यालयबाट नै पक्राउ परेका दाहालमाथि अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।