News flash

विराटपथ

शुक्रबार, साउन ०२, २०७७

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी आइसोलेसनमा उपचाररत रहेका थिए ।
सप्तरीको राजबिराज नगरपालिकाका ७३ बर्षीय पुरुषको हिजो राती करिब १० बजेतिर मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । मृतक मुटु र उच्च रक्तचापको विरामी भएको चिकित्सकले बताएका छन् । उनको शव अहिले प्रतिष्ठानको मर्चरीमा राखिएको छ । प्रहरीका अनुसार उनको शवलाई कसरी ब्यवस्थापन गर्ने भनेर नेपाली सेनासँग समन्वय भइरहेको छ ।
मृतक प्रदेश २ का बासिन्दा भएपनि उपचारको क्रममा मृत्यु हुने उनी प्रदेश १ का भएको पहिलो व्यक्ति हुन् । उनी असार ३१ गते प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराउन आएका थिए । चिकित्सकहरुलाई कोरोना संक्रमण भएको हुन सक्ने शंका लागेपछि उनको पिसिआर गरिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राखिएको थियो ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल