News flash

विराटपथ

बिहिबार, साउन ०१, २०७७

झापा । झापा प्रहरीले १४ बर्ष अघि भएको एक हत्याका अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । झापाको साविक टागनडुब्बा गाविस हाल टागनडुब्बा गाउँपालिका ३ स्थितमा रहेका नन्दुलाल बिश्वकर्माको घरमा २०६३ साल चैत्र २४ गते भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४१ बर्षिय बौदल लामगाधे भनिने पुण्यप्रसाद बिश्वकर्मालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले प्रहरीले पुण्यप्रसादलाई असार ३० गते मेचीनगर नगरपालिका ८ स्थित ईटाभट्टा चोकमा लुकिछिपी बस्दै आएको अबस्थामा पक्राउ गरेको हो । उनीमाथि नत्थु बिश्वकर्मालाई कुटपिट गरि हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार २०६३ चैत्र २४ गते साँझ ८ बजे नन्दुलालको घरमा उनको जेठा ज्वाँई पुण्यप्रसादले मृतक नत्थुलाई साइकलको निहुँमा कुटपिट गरेका थिए । सो दिन दिउँसो उनले मृतक नत्थुको साइकल नसोधिकन बजारबाट ल्याएका थिए ।
स्थानीय कामाटोली बजारबाट अभियुक्त पुण्यप्रसादले बजारबाट साइकल नसोधिकन ल्याएको बिषयमा मृतक नत्थुले सोही बिषयमा विवाद गर्दा रक्सीको नशमाले मातेका पुण्यप्रसादले उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका नत्थुको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा चैत्र २५ गते मृत्यु भएको थियो । मृत्यु पश्चात उनी लामो समय फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता एंव डिएसपी राकेश थापाका अनुसार जिल्ला अदालत झापाबाट बैशाक ३० गते अभियुक्तलाई पक्राउ अनुमति लिई खोजी गरिएको थियो । प्रहरीले अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसनधान शुरु गरेको जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल