विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ओखलढुङ्गामा १५, इलाममा छ, झापा र सुनसरीमा चार–चार, मोरङमा तीन र उदयपुरमा एकजनामा संक्रमण देखिएको ।
मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङमा १५ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै इलामको इलाम नगरपालिकामा छजना पुरुषमा, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा दुई–दुई पुरुषमा, झापाको भद्रपुरका दुई र मेचीनगरको एक महिला तथा कन्काईको एक पुरुषमा संक्रमण देखिएको छ । विराटनगरको दुई महिला र एक पुरुष र उदयपुरको त्रियुगामा एक पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो २४ घण्टामा थपिएको संख्यासँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या सातसय ७४ पुगेको छ ।
१४ डिस्चार्ज
प्रदेश १ बाट २४ घण्टाको अवधिमा १४ जना डिस्चार्ज भएका छन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत चार महिला र १४ जना पुरुष डिस्चार्ज भएको हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या छसय ५६ पुगेको छ ।