News flash

विराटपथ

मंगलबार, आषाढ ३०, २०७७

विराटनगर । प्रहरीले भूमिगत नेकपा विप्लब समूहका पूर्वी कमाण्डका सैन्य ईन्चार्ज जोखिम भनिने नन्दबहादुर बोहरा पक्राउ परेका छन् । उनलाई हातहतियार सहित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले पक्राउ गरेको हो ।
असार ३० गते दिउँसो ४ बजे कालिकोट फेनेली घर भई हाल मोरङको उर्लावारीमा बस्दै आएका बोहरालाई प्रहरीले उर्लाबारीको मंगलबारेबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार ४० बर्षि बोहरा आफ्नै घरमा लुकीछिपी बस्दै आएका थिए ।
बोहराको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल, एक थान थ्रिनटको गोली, तीन थान सकेट बम, एक थान ईलेक्ट्रिक डेटोनेटर केवल लगायतका सामाग्रीहरु बरामद गरेको छ । प्रहरीले बोहरा मोरङ जिल्ला भएका बिभिन्न अपराधिक घटनामा संलग्न भएको आरोप लगाएको छ । बोहरामाथि पथरी शनिश्चरे नगरपालिका स्थित पुर्व पश्चिम लोकमार्गको पानीटंकी छेउमा सुतली बम राखेको, सुन्दरहरैचाको ठडियास्थित दिपशिखा माछा घर अगाडी पाथिभरा टोलमा प्रेसर कुकर बम राखेको त्यस्तै मक्लाजुङ्गको किसानचौकमा तीनवटा स्काभेटरमा बम बिस्फोटन गराएको आरोप छ ।
उनीमाथि केरावारी गाँउपालिकामा एनसेलको टावरमा बम बिस्फोटन गराएको, झापाको बिर्तामोडस्थित चारपानेमा रहेको साहरा नेपालको केन्द्रिय कार्यालयको भवनमा प्रेसर कुकर बम बिष्फोट गराएको र ईटहरीको सुष्मा गोदावरी स्कुलको कम्पाउण्डमा प्रेसर कुकर बम विष्फोट गराएको, धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हातामा रहेको दिल्ली पब्लिक स्कुलको गेटमा बम बिष्फोटन गराएको आरोप रहेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल